इन्द्रेणी संवाददाता
जाजरकोट, २१ बैशाख
जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटले जापानीज इन्सेफ्लाइटिसविरुद्धको खोप लगाउन घर–घरमा निमन्त्रणा पत्र पठाएको छ । यहि वैशाख २६ गतेदेखि जेठ २६ गतेसम्म एक महिना सञ्चालन गरिने अभियानलाई सफल पार्न १ वर्षदेखि १५ वर्ष मुनिका बालबालिका रहेका प्रत्येक घरमा निमन्त्रणा पत्र पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
खोप लगाउने उमेर समूहका कोही पनि बालबालिकाहरु खोप पाउनबाट बञ्चित नहुन भनेर हरेक घरमा निमन्त्रणा पत्र पठाइएको जनस्वास्थ्य प्रमुख डा. वोम बिसीले जानकारी दिनुभयो । १ वर्षदेखि १५ वर्षमुनीका झन्डै ९० हजार बालबालिकाहरुलाई जापानीज इन्सेफ्लाइटिस खोप लगाउने लक्ष्य राखिएको बिसीले बताए । खोप र जनशक्तिलाई मध्यनजर गरेर जिल्लालाई ३ भागमा विभाजन गरी खोप अभियान सञ्चालन गरिने उनले जानकारी दिए ।
कोही पनि बालबालिका खोपबाट नछुटुन् भनेर १ दिनमा १ सय २० जनालाई खोप लगाइने छ । तराईका ४० %