sikshak-sewa-aayog-tscभक्तपुर ३० भदौ ।  शिक्षक सेवा आयोगले माध्यमिक तहको स्थायी शिक्षकको लागि गत असारमा लिएको परीक्षाको परीक्षाफल असोजको दोश्रो साता भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ ।

आयोगले गत असार ४ गते परीक्षा लिएको थियो । आयोग श्रोतले दिएको जानकारी अनुसार अनुसार अहिले परीक्षार्थीको कापी परिक्षण सकेर रुजु गर्ने र ईण्ट्रि गर्ने काम जारी छ ।

दशैं अघिनै सार्वजनिक गर्ने गरी आन्तरिक तयारी साथ काम भईरहेको उक्त श्रोतले जानकारी दिएको छ । माध्यमिक तहका ६ सय १२ पदका लागि ३१ हजार धेरैले आवेदन भरेका आयोगले जनाएको छ ।