उदय बीसी
दाङ, ३० भदौ । हिजो मात्रै दाङसहित मुलुकका विभिन्न ठाउँमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले ५२ औं राष्ट्रिय वाल दिवस तामझामका साथ मनाए । दिवसको अवसरमा आयोजना गरेका कार्यक्रममा ती संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुले ठूला–ठूला उपलव्धी र परिवर्तनका भाषण गरे । बालबालिको क्षेत्रमा धेरै काम भएको र भइरहेको समेत उनीहरुले दावी गरे । तर, त्यतिवेला विजौरीका ११ वर्षिय राजु गन्धर्वले आफ्नो पेट पाल्नका लागि घोराही बजारका गल्ली गल्लीमा सारङगी रेटिरहेका थिए ।
घरेको आर्थिक अवस्था कम्जोर भएको र पैसाको अभावमा आफूले पढ्न नपाएको र हातमुख जोडनका लागि आफू सारङगी रेट्न वाध्य भएको उनले सारङगीको धुनसँगै गुञ्जाउदै थिए । ‘धेरमा खाने गास छैन, कसरी पढ्नु ?’, उनले इन्द्रेणी अनलाइनसँगको कुराकानीमा भने, ‘वरु पैसा छ भने तपाइँले पनि दिनुहोस् नि ।’
दिनभरी सारङगी रेटेर संकलन भएको दुई÷चार रुपैयाँले आफूले घर खर्च चलाउने गरेको राजुले बताए । समयमा विद्यालय जान नपाए पनि उनी आफ्ना सबै संगीसाथी विद्यालय जाना देखेपछि दिनभरी सारङगी बजाएर आएको पैसाले भए पनि विद्यालयमा जाने संघर्ष गरेका छन् । राजु अहिले जनकल्यान माध्यमिक विद्यालय दुधरासमा कक्षा ३ मा पढ्दैछन् । ‘विद्यालय खर्चको लागि पैसा छैन, खाने पढ्ने खर्च सबै यही सारङगी बाटै हो’, उनले भने । विशेष गरी विदाका दिन पारेर आफू घोराही, नारायणपुर, विजौरीलगायतका बजार क्षेत्रमा सारङगी बजाएर पैसा माग्दै हिड्ने गरेको उनले बताए ।
अब भन्नुहोस् विभिन्न समयमा बालबालिको अधिकारका निम्ति काम गर्दै आएको दावी गर्ने अधिकरीहरुको कुरा कति सत्य छ ? राजुलाई धेरैले सारङगी बजाएर पैसा माग्दै अनि आफ्ना पीडा पोख्दै हिडेको ती अधिकारीहरु अति वालअिधकारकर्मीहरुले कहिल्य आँखा लगाउने ? राजु त एउटा प्रतिनिधि पात्र मात्रै हुन्, आर्थिक अभावकै कारण शिक्षाबाट वञ्चित भएका र हातमुख जोड्न धौ–धौ परेका सयौ बालबालिका यहाँ छन् । यी र यस्ता बालबालिकाहरुको आवाज सुनेर व्यवहारतह कार्यान्वयन गर्न सकेमात्रै बालवालिकाको लागि धेरै काम भइसकेका दावी गर्नेहरुको भाषणले सार्थकता पाउथ्यो कि !
