२९ भदौ, महोत्तरी ।महोत्तरीको जलेश्वरमा भदौ २३ गते सेवाग्राहीसँग घूस लिँदै गर्दा पक्राउ परेका बथनाहा गाविसका सचिव गुलाव चौधरी निलम्बनमा परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले उनलाई तीन महिनाका लागि निलम्बन गरेको अख्तियार कार्यालय प्रमुख राजकुमार लम्सालले बताउनुभयो । Ghus-1सचिव चौधरीसँग अख्तियारले २० हजार धरौटी लिई जिम्मा जमानीमा छाडेको र तीन महिनाका लागि निलम्बन गरिएको हो । सेवाग्राहीसँग घूस लिँदैगर्दा अख्तियारले बथनाहा गाविस सचिव चौधरीलाई १० हजार रुपैयाँ नगदसहित बिहीबार जलेश्वर–५ बाट नियन्त्रणमा लिएको थियो । बथनाहा गाउँका महिलालाई अवलोकन भ्रमण गराउन आव २०७२÷७३ को बथनाहा गाविस परिषद्ले एक लाख रुपैयाँ बजेट पारित गरेको थियो ।।