दाङ, भदौ २९ । बालदिवसका अवसरमा गङ्गा उच्च माध्यमिक विद्यालय रामपुर दाङमा आज बुधवार बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।बालबिवाह न्यूनिकरणमा विद्यालय शिक्षाको महत्व बिषयमा भएको बक्तृत्वकला प्रतियोगितामा कक्षा ९ की छात्रा गरिमा सुनार प्रथम, कक्षा १० की छात्रा शर्मिला पार्दे द्धितिय र कक्षा १० कै छात्रा शर्मिला भण्डारी तृतीय भएका भएका छन । प्रतियोगितामा ४ कक्षादेखि १० कक्षासम्मका एक दर्जन बढी विद्यार्थीहरुले भाग लिएका थिए । विद्यालयका प्राचार्य राजेन्द्रकुमार घिमिरेको सभापतित्वमा भएको कार्यक्रमको निर्णायकमा शिक्षकहरु शशिधर उपाध्याय, प्रकाश भुसाल र कृष्णा पौडेल हुनुहुन्थ्यो ।कार्यक्रमको सहजिकरण शिक्षक हेमराज शर्माले गर्नु भएको थियो । कार्यक्रममा एक दर्जन बढी छात्रछात्राहरुले बालगीत र बालकविता प्रस्तुत गरेका थिए ।।
