काठमाडौं, २८ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहिबारदेखि चार दिने भारत भ्रमणमा जान लागेको सन्दर्भमा आज सर्वदलीय बैठक बोलाएर सुझाव लिएका छन् । भारत भ्रमणबारे सुझाव संकलनका लागि विभिन्न क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुसँग छलफल गर्दै आएका प्रचण्डले सर्वदलीय बैठकको आह्वान गरेर सुझाव लिएका हुन् । बालुवाटारमा झन्डै २ घन्टा चलेको बैठकमा संसदमा भएका अधिकांश दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

sarbadaliya-baithakबैठकपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बजारमा नेपाल र भारतको सम्बन्ध चिसो भएको हल्ला छ । हाम्रो कारण चिसो भएका छैन हामीले हाम्रो संविधान बनाएको बताए । यसकारण चिसो भएको हो । अझैै चिसो हुन्न अब तताएर आउन उनले सुझाव दिए ।
यस्तै सद्भावना पार्र्टी अध्यक्ष राजेन्द्र महतोले भ्रमणबाट नेपाल र नेपालीलाई अधिकतम लाभ पुगोस् भ्रमण फलदायी बनोस् भन्दै मधेसी मोर्चाको तर्फबाट शुभकामना दिए । उनले नेपाल र भारतबीचको विस्वसनीय सम्बध कायम गर्न भ्रमणले योगदान पुग्नुपर्ने बताए ।

यस्तै एमाले नेता माधव नेपालले प्रधानमन्त्री प्रचण्डलाई नेपाल भारतबीच कुनौ समस्या छ भने त्यसलाई समाधान गरेर फर्कन सुझाव दिए । ‘नेपालको प्रतिष्ठामा आँच नपुगोस्, जलविद्युत, विद्युत प्रशारण लाइन, व्यापार जस्ता कुराहरुमा देशलाई फाइदा हुने गरी काम छलफल गरियोस्’, नेपालले भने ।

मालेका महासचिव सिपी मैनालीले समग्रमा दलहरुले देशको सार्वभौमसक्ता, अखण्डतालाई केन्द्रबिन्दुमा राखेर विगतमा चिसिएको नेपाल भारत सम्बन्ध सुधार उन्नतस्तरमा माथि पु¥याउने भन्नेमा जोड दिए । तर सर्वदलीय बैठकमा एमाले अध्यक्ष केपी ओली भने सहभागी भएनन् ।