गोपाल रेग्मी
रुकुम, २८ भदौं । रुकुमको चौरजहारी नगरपालिका १ नाखिरामा नेकपा माओवादी केन्द्रको वैठक सम्पन्न भएको छ । वैठकमा पार्टी सदस्यहरुलाई पार्र्टी एकता र समसामयिक राजनितिक परिस्थितिवारे प्रशिक्षण गरीएको वताईएको छ ।Maoist-flag
पार्टीकोे परिपत्र अनुसार माओवादी केन्द्र चौरजहारी नगरकमिटीले वडा भेला सेली कमिटी जनवर्गिय संगठन निर्माण तथा राजनितिक प्रशिक्षण लाई निरन्तरता दिदै आएको नगर कमिटी अध्यक्ष मोति प्रसाद पोखरेलले जानकारी दिए ।माओवादी नगरकमिटीले चौरजहारी नगरपालिकालाई १४ वटा कमाण्डमा विभाजन गरेर भेला प्रशिक्षण पार्टी सदस्यहरुको सदस्यता नविकरण लगाएतका काम गर्दै आईरहेको छ ।
पार्टीको कार्य्विधिले तोके अनुसार भाद्र मसान्त भित्र पार्टी सदस्यहरुको सदस्यता पत्र नविकरण गरी अभिलेखिकरण गर्ने वैठकमा सहभागी नगरकमिटी कोषाअध्यक्ष सुदास स्वर्णकारले जानकारी दिए ।वैठकमा नगर कमिटी सह ईन्चार्ज नरेन्द्र विक जिल्ला कमिटी सदस्य टेक वहादुर गिरी पवित्रा पुन, निर्मला पुन, झलक वादी यज्ञश्वर विक लगाएतका कार्यकर्ताको सहभागीता रहेको थियो ।।