दीपबहादुर घर्ती
जाजरकोट, २० बैसाख । एक वर्ष पहिले घरवाटै हराएकी छोरी फेला परेपछि आमा, वुवा निकै खुशी भएका छन् । छोरीको चिन्ताले दिन रात दुःख व्यक्त गरेका आमा, वुवा एक वर्ष पछि छोरी फेला परेपछि खुशी भएका हुन् ।भेरीमालिका नगरपालीका ३ थाप्लेका सर्वे विककी १४ वर्षिय छोरी गतवर्षको बैसाख २० गते घरवाट भागेर हराएकी वविता विक यही बैसाख १ गते भारतको हिमालचल प्रदेशको सिम्लामा फेला परेको आमा माया विकले वताईन् । हराएकी छोरी एक वर्ष पछि सकुशल फेला परेपछि आईतवार आमा, वुवाले खुशीयाली मनाएका थिए । जिल्ला सदरमुकाम खलंगाको तल्लो थाप्लेमा आमा, वुवाले आफन्त र शुभचिन्तकहरुको विचमा भोजको आयोजना गरी खुशीयाली मनाएका हुन् ।
घरवाटै भागेर हराएकी वालिका एक वर्ष सम्म भारतको वहराईज पर्यागपुरमा रहेकी सकुन्तला सिंहको घरमा वस्दै आएको वालिका वविता विकले वताईन् । सिंहले आफुलाई पढाई दिने सर्तमा एक वर्ष सम्म घरमा बसालेको तर आफुलाई चित्त वुझ्दो पढाई नभएपछि त्यहाँ बस्न आफुले नमानेको वालीका विकले वताईन् । यही वैसाख एक गते सिम्लामा बस्दै आएकी आफ्नी फुपु सिमा विकको घरमा आफु पुगेपछि फुपुले फोन गरेर वुवालाई खवर गरिदिएको वालिकाले वताईन् ।
छोरी आफ्नो घरमा आईपुगेको भनेर आफुलाई बैनीले फोन गरेपछि सिम्लामा पुगेर छोरीलाई साथमा ल्याएर घर आईपुगेको वुवा सर्वे विकले वताए । २०७१ सालको शैक्षिक सत्रमा त्रिभुवन उच्च मावि खलंगामा कक्षा ८ मा अध्ययनरत वविता विक कक्षा ८ को वार्षिक परिक्षा नतिजा आफु फेल भएको आएपछि घरवाट भागेको वालिका वविताले वताएकी छन् । घरमा वविताको एक २० वर्षिय दिदी सरिता विक स्नातक तहको तेश्रो वर्षमा अध्ययनरत छन् भने, १७ वर्षिय दाई प्रदिप विक र १३ वर्षिय भाई दिपक विक कक्षा ९ मा अध्ययनरत छन् ।
