काठमाण्डौ, २८ भदौ ।
चिकित्सा शिक्षा ऐन नबन्दासम्म कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन नदिइने भएको छ । प्रा. डा. गोविन्द केसीले सम्झौता कार्यान्वयन नभए असोज ३ गतेबाट नवौं अनसन बस्ने चेतावनी दिएका छन् । govinda-kc_prachandaडा. केसीको चेतावनीपछि प्रधानमन्त्री प्रचण्डले मंगलबार शिक्षामन्त्री धनिराम पौडेल, स्वास्थ्यमन्त्री गगन थापा र माथेमा आयोगका प्रतिनिधिहरुलाई बोलाएर छलफल गरेका छन् । प्रधानमन्त्रीले आठौं अनसनका क्रममा भएको सम्झौता कार्यान्वयन गर्न र डा. केसीले अनसन बस्नु नपर्ने वातावरण बनाउन शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन् ।

शिक्षामन्त्री पौडेलले भने, ‘चिकित्सा शिक्षा ऐन छिट्टै संसदमा दर्ता गर्छौं । र, ऐन नबन्दा कुनै पनि मेडिकल कलेजलाई सम्वन्धन नदिन सचेत गराएका छौं ।’त्रिभुवन विश्वविद्यालयका उपकुलपतिले नै नेसनल मेडिकल कलेजलाई सम्वन्धन दिन दबाव दिएको समाचार आएको थियो ।।