k|d;Fu g]kfn kqsf/ dxf;ª3 k|wfgdGqL k'iksdn bfxfn dªunaf/ k|wfgdGqL lgjf; afn'jf6f/df g]kfn kqsf/ dxf;ª3sf kbflwsf/Lsf] e]6sf qmddf af]Nb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
k|d;Fu g]kfn kqsf/ dxf;ª3 k|wfgdGqL k'iksdn bfxfn dªunaf/ k|wfgdGqL lgjf; afn'jf6f/df g]kfn kqsf/ dxf;ª3sf kbflwsf/Lsf] e]6sf qmddf af]Nb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;
k|d;Fu g]kfn kqsf/ dxf;ª3
k|wfgdGqL k’iksdn bfxfn dªunaf/ k|wfgdGqL lgjf; afn’jf6f/df g]kfn kqsf/ dxf;ª3sf kbflwsf/Lsf] e]6sf qmddf af]Nb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

काठमडौ २८ भदौ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणबारे छलफल गर्न आज सर्वदलीय बैठक बोलाउनु भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकमा सबै दलका शीर्ष नेताहरुलाई बोलाइएको छ ।

बैठकमा उहाँले भारत भ्रमण आफूले उठाउने एजेण्डाबारे छलफल गर्नुका साथै सुझाव पनि लिनुहुने भएको छ । पर्सी शुरु हुने प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ । उहाँको भ्रमणको कार्यतालिका पनि सार्वजनिक भइसकेको छ ।

यसैबिच सरकारले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डको भारत भ्रमणको तालिका सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रधानमन्त्री भदौ ३० गते भारत प्रस्थान गरी असोज २ गते स्वदेश फर्कनुहुनेछ । राजकिय भ्रमणका क्रममा प्रधानमन्त्रीका साथमा पत्नी सीता दाहाल पनि सहभागी हुनुहुनेछ ।

भ्रमणको बेला प्रधानमन्त्री दाहाललाई भारतले राष्ट्रपति भवनमा राख्ने जनाईएको छ । प्रधानमन्त्रीको भारत भ्रमण टोलीमा परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक पनि सहभागी हुने जनाईएको छ । केही सांसद, बिभिन्न मन्त्रालयका पदाधिकारी, संचारकर्मीलाई पनि भ्रमणमा सहभागी हुनेछन् । परराष्ट्र मन्त्रालयका अनुसार भारत गएको दिन भदौ ३० गते प्रधानमन्त्री दाहालले त्यहाँस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुने कार्यक्रम रहेको छ ।

त्यही दिन उहाँले भारतका बिभिन्न राजनीतिक दलका नेताहरुसँग पनि भेटवार्ता गर्नुहुनेछ । भदौ ३१ उहाँको सम्मानमा राष्ट्रपति भवनमा आयोजना गरिने गार्ड अफ अनर कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यसपछि प्रधानमन्त्री दाहाल माहात्मा गान्धीको समाधीस्थल राजघाट जाने कार्यक्रम छ । यस्तै भदौ ३१ गते नै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग शिष्टाचार भेट गर्नुहुनेछ भने भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

असोज १ गते प्रधानमन्त्री दाहालले हिमाञ्जल प्रदेश स्थित जलविद्युत परियोजनाको अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन उहाँले पतञ्जली योगपिठको पनि अवलोकन गर्ने जनाइएको छ । भारत भ्रमणका बेला प्रधानमन्त्री दाहालले भारतका बौद्धिक वर्ग र व्यापारी समुदायसँग अन्तरक्रिया समेत गर्नुहुनेछ ।