काठमाडौँ, २८ भदौ । पूर्वराष्ट्रपति डा. रामवरण यादवको उपचार अमेरिकाको मेचीगन राज्यको हेनरी फोर्ड हस्पिटल अफ युरोलोजीमा हुने भएको छ । उहाँको असोज १० गते प्रोस्टेट क्यान्सरको शल्यक्रिया हुने बताईएको छ ।
त्यहाँ डा. मनी मेनानसहितको चिकित्सक टोलीले उहाँको शल्यक्रिया गर्ने तयारी भएको छ । उपचारका लागि उहाँ असोज १ गते शनिबार अमेरिका जानुहुने र असोज ५ गते चिकित्सकसँग स्वास्थ्य परीक्षण गराउनु हुनेछ । त्यसपछि उहाँको असोज १० गते शल्यक्रिया गरिनेछ ।
पूर्वराष्ट्रपति यादवले चिकित्सकहरूको सल्लाह र सुझावअनुसार नै उच्च प्रविधिबाट शल्यक्रिया गर्न अमेरिका जान लागेको बताउनुभयो ।
