तुलसीपुर २८ भदौ । आन्तरिक राजश्व कार्यालय तुलसीपर राजश्व बिभाग छनौटमा चौथो स्थानमा परेको छ ।
लक्ष्य भन्दा बढि राजस्व असुली लगायत राजश्व विभागले तोकका ५० बढी सूचकहरुको मापनमा राजश्व कार्यालय तुलसीपुर चौथो बनेको हो ।
बिभागले देशभरका ५० बढि कर कार्यालयहरुको तुलना गर्दा ५० कर असुली, मुल्य अभिबृद्घिकरको नियमित अशुली, अडिट, घर बहाल कर अशुली प्रोत्साहन, करदाता शिक्षा, बिग्रेको रेकर्ड सच्चाउने, प्यान बाड्ने, अन्तशुल्क नबिकरण, स्टक बिबरण पेश, करदाता संख्या बृद्घि लगायत कार्यालयलाई तोकिएका लक्षहरुमा भएको प्रगति मापनका आधारमा कार्यालय चौथो स्थानमा आउन सफल भएको कर अधिकृत थमलाल भट्टराईले जानकारी दिनुभयो ।
बिभागको मुल्याङकन सूचकमा आन्तरिक राजश्व कार्यालय चितवन पहिलो, आन्तरिक राजश्व कार्यालय महेन्दनगर दोश्रो, आन्तरिक राजश्व कार्यालय बुटबल तेस्रो र आन्तरिक राजश्व कार्यालय तुलसीपुर चौथो भएका हुन । अशुली मात्रमा भने आन्तरिक राजश्व कार्यालय तुलसीपुर पहिलो भएपनि अन्य सबै सूचकको समग्र मापनमा कार्यालय चौथो भएको हो ।
आन्तरिक राजश्व कार्यालय तुलसीपुरले आर्थिक बर्ष २०७२÷ ०७३ मा राप्तीबाट ९६ करोड बढी राजश्व संकलन गरेको छ । कार्यालयले अघिल्लो आर्थिक बर्ष २०७१÷७२ को तुलनामा २० करोड बढी अर्थात १ सय २७ प्रतिशतले बढी राजश्व असुल गरेको हो ।