Mushlim Offering Namaj on the Occasion Of Eid -Ul Fittar at Kotla Mubaraq Stadium In New Delhi on 29-07-14. Pix BY UB photos
इन्द्रेणी संवाददाता
दाङ, २८ भदौ । मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद आज मनाइदैछ । दाङसिहत मुलुकभरीका इस्लाम धर्मावलम्बीले आज एकै ठाउँमा बसी मस्जितहरुमा नमाज पढेर चौपायालाई कुर्वानी अर्थात बलि दिई मनाउँदैछन् ।
इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएकाले यो पर्वमा चौतायाको वली दिने गरिन्छ । यसरी बलि दिइएको दिन इस्लामिक पात्रो अनुसार १२ औँ महिना जिल हिज्जाको १० औँ तारिखमा भएकाले यस दिन बकर इद मनाउने परम्परा चलेको मुस्लीम धर्मगुरुहरुको भनाइ छ ।
आज विहान स्नान गरी इद्गार वा मस्जिदमा गई मुस्लिम समुदायका भक्तले सामूहिक नमाज पढेपछि एकअर्कालाई इद मुवारक भन्दै शुभकामना आदानप्रदान गरेका छन् । मुस्लिम समुदायको बकर इदका अवसरमा आज नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।