तुलसीपुर । नेकपा एमाले दाङको बिवाद कायमै छ । एउटा पक्षले प्रतिनिधि छनौट सकिएको दाबी गरिरहेका बेला अर्को पक्षले भने तुलसीपुरका बिभिन्न वडामा एक लौटी ढंगले जिल्ला प्रतिनिधि छनौट गरेको भन्दै आपति जनाएको छ ।
तुलसीपुर १८ , १९ र २० का वडाहरुबाट पार्टी सदस्यहरुलाई खबर नै नगरी जिल्ला प्रतिनिधि छनौट गरेको भन्दै एमाले उरहरीले सोमबार प्रस बिज्ञप्ती निकालेर आपति जनाएको छ । एमाले उरहरी गाँउ कमिटीका अध्यक्ष टेक बहादुर कुसी र सचिब हरि प्रसाद वलीले एक प्रेस बिज्ञप्ती निकालि उक्त कदम आपत्ति जनक भएको बताएका हुन् । बिज्ञप्तीमा तुलसीपुरका सोही वडाहरुमा पार्टी सदस्यलाई नवोलाई कोठामै बसेर एकलौटी ढंगले जिल्ला प्रतिनिधि पठाएको आरोप लगाईएको छ ।
जिल्ला कमिटी सदस्य श्याम डाँगी , डम्बर ओली र बलदेब आचार्यले पार्टी सदस्यलाई खबरनै नगरी एकलौटी प्रतिनिधि छनौट गरेको भन्दै सो कार्य बिधान र पार्टी हित बिपरित भएको भन्दै घोर भतर्सन गरिएको छ , बिज्ञेप्तीमा उल्लेख छ ।
