Mahesh Photography

महेश केसी / रुकुम
मौलिक लोक सस्कृती र कला–गलामा एउटा छुट्टै पहिचान भएको जिल्ला हो रुकुम । यहाँ विभिन्न जातजाती आपसमा मिलेर बेसेका छन् । सबै जातिहरुको आ–आफ्नै सास्कृतीक पहिचान र चिनारी छ जसले गर्दा यहाँका सबै जाति बिचको मेल र आपसी सहिष्णुता कायम गर्न सहयोग पुगेको छ । असारमा मगर जाती भुम्या नाच्दा साउनमा दलित जाती लाखे नच्छन् । अनि क्षेत्रीहरु पैसेरु नाच्दा ब्राह्मनहरुले साथ दिन्छन् । यसै मध्यको एउटा अर्को परम्परागत नाच हो मयुर नाच ।

Mahesh Photography

झट्ट हेर्दा मयँर नै जाचेको जस्तो देखिने यो नाच रुकुम जिल्लाको सास्कृतीक पहिचान मध्यको एउटा महत्वपुर्ण चिनारी हो भन्छन् रुकुमका नागरिक अगुवा डा. नवराज गौतम । ‘मयु नाचले रुकुमलाई चिनाउछ’ डा. गौतम भन्छन् ‘यो हाम्रो मौलिक सस्कृती हो यसलाई बचाईराख्नपर्छ ।’

दशै, तिहार जस्ता बिभिन्न चाडपर्वमा होस् वा अन्य कुनै स्थानिय पुजाआजा अथवा जमघटमा रुकुममा मयुर नाच छुट्दैन । यो नाच नाचेपछि मान्छेहरुको जमघट पनि धेरै हुने भएकाले यो नाच नाच्ने गरिन्छ । मयुरका प्वाकबाट निर्माण गरुएको गरुवा कम्मर र जिउमा डोरीले बाधेर पछाडीपट्टी भिरेर मादल, डम्मरु र झ्याली अनि नेवरको तालमा हातमा लाठी लिएर एक समुहमा १० देखी १८ जना सम्मको जोडी–जोडी बनाई लाठी जुधाएर नाचिने यो नाचले जो काहीको पनि मन जित्ने गरेको बताउछन् रुकुम पोखरा गाविसमा विगत एक दशकदेखी मयुर नाचको अगुवा भएर यो नाच नाच्दै आएका एक युवा कलिराम खड्का । ‘हामी यसरी नाच्न थालेको धेरै भयो ।’ खड्का भन्छन् ‘दशै तिहार र माघे सक्रन्तिमा सधै नाच्छौ र अरु बेलापनि हामीलाई निम्ता आईरहन्छ । र यो नाच नाच्न रमाईलो पनि छ ।’

यो नाच कहिलेदेखी सुरु भयो र किन नाचिन्छ भन्ने बारेको कुनै त्यस्तो जानकारी नभेटिए पनि धेरै बर्ष पहिले देखी यो नाच नाच्ने गरेको र पछिल्नो पुस्तामा पनि यो नाचको आकर्षण राम्रो रहेको भनाई छ रुकुम मुसिकोटको दियो सास्कृतीक क्लवका सल्लाहकार तथा यो नाचका अर्का अगुवा शिवराम खत्रीको । खत्रिका अनुसार उनको क्लवले पनि विगत एक दशक देखी यो नाच नाच्नकै लागी यो क्लवको स्थापना गरी जिल्लामा हुने विभिन्न मेला–पर्वका साथै औपचारिक कार्यक्रममा आफ्नो समहुबाट मयुर नृत्य पर्दशन गर्दै आएको छ । गाँउ–गाँउमा विभिन्न क्लव, बन समुह र आमा समुह समेतले पनि मयुर नाच समुह बनाएर आफ्नाृ कला पर्दशन गर्दे आएका छन् । जिल्लाको सबै स्थानमा सबै जातिले नाच्ने यो नाचमा पहिल्नो पटक महिलाहरु पनि सहभागी बनाउने गरेकाले झनै यो नाचको आकर्षण बढेको छ ।

वि.सं. २०७२ लाई रुकुम भ्रमण बर्ष भनेर बनाएको रुकुम जिल्ला विकास समितिले बर्ष २०७३ लाई जिल्लामा रहेका सबै जातजाती र भाषभाषीका सस्कृतिक सम्पदा र रितिरिवाज अनि चालचलनलाई आवश्यक संरक्षण गर्न जागरण पैदा गर्नका साथै जिल्लाको पहिचान स्वरुप प्रचार–प्रसार गर्नका लागी भनेर सास्कृतीक प्रवद्धन बर्षका रुपमा बनाईरहेको छ । जिल्लामा प्रकाशमा आएका सास्कृती र लुकेर रहेका सस्कृती सबैलाई चिनाउनका साथै मयर नाचलाई पनि राष्ट्रिय स्तरमा जिल्लाको पहिचान स्वरुप पेश गर्न यो बर्ष सार्थक रहने विश्वासका साथ काम भैरहेको जिल्ला पर्यटन समन्वय समितिका अध्याक्ष समेत रहेका स्थानिय विकास अधिकारी भरतकुमार शर्माको भनाई छ ।