दीपक घिमिरे
गत भदौ    ४ गते   शनिवार   विशे ष कामले   लमही गएँ । फर्किदा रातको   नौ    बजिसके को   थियो   । खाना खाएर   को ठामा एकछिन टिभी हेरे । त्यति खेरै   लाइन गयो   । अँध्यारो   कोठा,अनि गर्मी उत्तिकै    । पाँच मिनेट भन्दा धेरै    कोठा भित्र बस्न सकिन । निद्रा पनि लागे  को   थिएन । छतमा उक्लिएँ, रातिको   दश बजिसके  को   थियो   । छतमा हावा खाएर   बस्दा बस्दै    एघार   बज्यो   । लाइन पनि आयो   । को  ठामा फर्किदै    थिएँ घर   अगाडि हो  हल्ला थियो   । छतबाटै    हेरें । के ही त हुँदै   छ भने  र   तल झरें।
jiprak
घटना यस्तो थियो  
बुटवलबाट आउने   लोकल बसमा तुलसीपुर  सम्म जाने   एघार  जना यात्रु थिए । बसवालाले   उनीहरुसँग तुलसीपुर  सम्मकै    भाडा लिइसकेको   रहेछ । तर   घोराहीको   तुलसीपुर  चोकमा ल्याएर   अलपत्र पार्दै    तुलसीपुर   नजाने   अडान लिँदै   रहेछ ।यात्रु जानै   पर्छ भन्ने   । गाडी स्टाफ अर्को   गाडी आयो   भने   उसै   मा पठाइदिने   तर   आफू नजाने   अड्डी लिदै    थियो   ।म गएर   एकछिन घटना सुनें   । गाडी स्टाफलाई सम्झाएँ । तर   उसले   मेरो कुरा के   सुन्थ्यो   । मानवीयताको   नाताले   पनि यस्तो   नगर्नुस् भन्दा ऊ फोनमा कुरा गर्न थालेको   नाटक गर्दै    साइड लाग्यो   ।

गाडीभित्र तीज मान्न माइत जाने   महिला अनि किनमेलका लागि पूर्व गएका महिलाहरु धेरै   थिए । उनीहरु हात जोडेर   यसरी अलपत्र नपारि  दिन बिन्ती गर्दै    थिए । यो   घटना उनीहरुको   आफ्नो   समस्या थियो   । म न गाडीवाला थिएँ न त यात्रु । तर   रातिको   एघार   बजे   आइमाई केटाकेटीको   बिचल्ली देखेर   नरमाइलो   लाग्यो   । अनि केही उपाय लगाउने   सोच बनाएँ ।

म माथिको   घटना
उनीहरुलाई सहयोग गर्नुपर्छ भन्ने   मान्यता राखेर   मोबाइल निकालें   । प्रहरी सहायता कक्षको   १०० मा फोन गरें । ‘हे  लो  ! म दीपक घिमिरे  , मेरो  घरको   अगाडि यात्रुलाई अलपत्र पार्दै    बस अडिएको   छ । सहयोग गर्न आउनुपर्‍यो   ।’
फो न उठ्नासाथ उताको   हे लो   नसकिदै    मैले   आफ्नो   कुरा राखे ।
निक्कै    खरो  स्वर  मा उताबाट प्रहरी साथीले   सोधे   ‘कुन ठाउँ हो   ?’

मैले   शहिदगेट देखि पश्चिम र   तुलसीपुर   चोक देखि पूर्व भने र   निश्चित एरिया नै    भनिदिएँ । मेरो   उत्तर   सुन्ने   बित्तिकै    उनी यसरी कड्किए कि मानौं   म कुनै    अपराधी हुँ ।
police-my-friend‘दिमाग चाट्नलाई फोन गरेको   हँ ? बोल्ने   तमिज छैन ? हामीलाई दुस्ख दिने   ? अगाडि त्यत्रो   प्रहरी बिट देख्या छैन ? उतै    गएर   कम्प्लेन गर्नुस् ।’ उनले   यही शब्दले   मलाई उल्टै    थर्काए । म स्तब्ध भएँ आखिर   के   गल्ती गरे र मैले   ? मैले   आफै   लाई प्रश्न गरे ।

फे रि   नम्र हुँदै    भने  – ‘सर   म पत्रकार   हुँ, घर   अगाडि समस्या देखेर   हजुर  लाई भन्दे  को   हुँ । हजुर   आफै    बिटमा खबर   गर्दिनुस् । म यात्रु पनि हो इन र   गाडीवाला पनि हैन ।’

उनी झन कडकिए– ‘पत्रकार   भए म के   गरुँ त ? दिमाग चाट्न फोन गरेको   ? अगाडि बिटमा गएर   भन्ने  , सानो   कुरालाई लिएर   फोन गर्ने   है न ।’ यति भने  र   उनले   फोन राखे   ।

 म ट्वाँ परे । के   साँच्चि गल्ती मेरो   थियो   त रु यो   प्रश्नले   एकछिन् दिमाग ततायो   । तातिएको   दिमाग सेलाउन नपाउँदै    त्यहा भीड जम्मा भयो   । भीडले   गाडीवालाले   यसरी यात्रु अलपत्र पार्न नपाउने   भन्दै    गाडी गुडाउन भनिरहे   । तर   गाडीका स्टाफ मस्तले   आफू–आफू गफिन थाले   ।

त्यत्तिकैमा स्थानीय एकजनाले   गाडी लग्छौ    कि म आफै    यिनी यात्रुलाई गन्तव्यसम्म पुर्‍याउँ भनेर   गाडी  स्टार्ट गरे , डराउन दिने   उद्देश्यले   ।

गाडी स्टार्ट भयो  , गाडीवाला आएनन् । गेर   लाग्यो   तर   पनि उनीहरुलाई वास्ता भएन । अनि सुस्त सुस्त गाडी गुड्यो   । गाडीको   पछि–पछि स्टाफहरु गए अनि गाडी तुलसीपुर  चोक भन्दा पल्तिर   रुक्यो   यता स्टाफले   बिटमा गाडी अरुले   कुदाएर   लगे   भनेर   कम्प्लेन गरे   ।

यता गाडी कुदे  पछि म तनावमै    थिएँ । प्रहरी र   सर्वसाधारणको   सम्बन्धमा दूरी कम गर्न प्रहरी भित्रबाट निक्कै    प्रयास भएका छन् । मुस्कान सहितको   प्रहरी सेवा र   प्रहरी मेरो  साथी भन्ने   कार्यक्रम पछिल्ला लोकप्रिय कार्यक्रम हुन् । तिनै   लाई आधार   मान्ने   हो   भने   दुस्खमा प्रहरीको   साथ हामी जनताले   खोज्नै   पर्छ ।

प्रहरी आफैले   सहायता कक्षको   नम्बर   सर्वसाधारणलाई बाँड्छ । तर   सर्वसाधारणले   फोन गरेको   बेला प्रहरी स्टाफबाटै    त्यस किसिमका व्यवहार   प्रस्तुत हुँदा कसरी सोच्ने   प्रहरीलाई साथी रु

तनाव भइरह्यो   त्यो   फोन उठाउने   स्टाफको   कुराले   । मनले   नमाने  पछि प्रहरी प्रमुख धिरजप्रताप सिंहलाई फोन गरे । पहिला त्यो   १०० नम्बर  को   फोन उठाउने  को   कम्प्लेन गरे अनि आफ्नो   परिचय दिदै  समस्या बताएँ ।

प्रहरी प्रमुखले   अघि फो न उठाउने  को   बारे मा बुझ्ने   आश्वासन दिनुभयो   । अनि तुरुन्तै    समस्या भएको   ठाउँमा प्रहरी खटाउने   भन्नुभयो   । म उहॉसँग बिदा भएँ ।

उता गुडाएर   गएको   बस र   प्रहरी अनि गाडीका स्टाफ रोकेर   रखे  को   बसनिर   भेट भयो   अनि गाडी गुडाउने   साथीलाई कुरै नबुझी प्रहरीले   दुई झापट दिए । गल्ती साथीको   हैन, गाडी स्टाफको   हो   भन्न खोज्ने   साथीलाई पनि तीन झापट प्रहरीले   लगायो   । त्यो   सबै    रमिते   बनेर   मैले   हेरिरहे । अब निष्कर्ष निकाले , आखिर   कसरी मान्ने   प्रहरीलाई साथी रु

गाडीका स्टाफले   यात्रुका हजारौ   बिन्ती सुनेनन्, प्रहरीलाई फोन गर्दा उल्टो   थर्काइ खाइयो   अनि बाध्य भएर   स्टाफलाई धम्क्याउन गाडी स्टार्ट भयो   । यो   कुनै    गल्ती थिएन । प्रहरीको   काम निष्पक्ष छानबिन गरेर   कारवाही गर्नु हो   । कुरै नबुझी हात छाड्नु होइन ।
हो  , अर्काको   गाडी अनुमतिबिना गुडाउन ती साथीलाई छुट छैन तर   किन गुडाइयो   भने  र   प्रहरीले   बुझ्ने   हो  , हात हालेर   दादागिरी देखाउने   होइन ।

समस्यामा परेका यात्रुको   बारेमा गुनासो   गर्ने   मेरो   आफ्नो   अधिकार   हो   । तर   यदि सकिदैन भने   हाम्रो   काम होइन, बिटमा गएर   भन्नुस् भन्नुपर्ने   । निक्कै    तुच्छ भाषामा प्रस्तुत हुँदा मैले   कसरी सोचौ    प्रहरी मेरो साथी भने र   रु
म आफूलाई बाठो   ठान्ने   मान्छे  सँग त बोल्नै    डराउने   गरी प्रहरी प्रस्तुत हुन्छन् भने   अरु
गाउँले   सर्वसाधारण सँग कस्तो   व्यवहार   हुन्छ होला रु

हो  , अहिले   दाङमा शान्तिसुरक्षाको   राम्रो   अनुभूति गर्न पाइएको   छ । नयाँ प्रहरी प्रमुखको   आगमनसँगै    दाङबासी सुरक्षाको   हिसाबमा खुशी छन् । तर   सामान्य गल्ती गर्ने   एक दुईजनाले   गर्दा नै    सिंगो   प्रहरी बदनाम हुने र जनताको नजरमा प्रहरी हाउगुजी बन्न जान्छ । त्यसै   ले   प्रहरी मेरो   साथी भन्ने   कार्यक्रम नारामा मात्र सीमित नहोस् ।  गल्ती गर्ने   प्रहरीलाई पनि कारवाही होस् भनेर   प्रहरी प्रमुख ज्यूलाई ध्यानाकर्षण गराउन चाहन्छु ।