इन्द्रेणी संवाददाता

घोराही , २७ भदौ । दाङका  चर्चित  युवा व्यावसायी, कला प्रेमी, समाजसेवी तथा नमुना स्याटलाइट सर्भिस प्रालीका डाइरेक्टर राजभक्त राणा डिसहोम नेपालको उत्कृष्ट डिष्ट्रिब्युटरको रुपमा सम्मानित भएका छन्   ।

14341720_944729712298708_1392542090_n

डिस मिडिया नेटवर्क प्रालीको प्रोडक्ट डिसहोमको आधिकारिक डिलरको रुपमा करिव ६ बर्ष अगाडी बाट यात्रा प्रारम्भ गर्नुभएका राणाले ६ बर्ष को दौडानमा करिब साढे ७ लाख ग्राहक बनाइ मुलुक भरिको सर्वोत्कृष्ट डिष्ट्रिब्युटरको अवार्ड हात पार्न सफल भएका हुन् ।

13731797_1131412540251191_6160866896759162036_o

दाङ जिल्लालाई केन्द्र बनाइ संचालन गरेको स्याटलाइट सर्भिस प्रालीले  राप्तीका  पाँचै जिल्लामा डिसहोमको सफलता पुर्वक  ब्यापार प्रबर्धन गरेको भन्दै डिसहोमको कम्पनी  डिस मिडिया नेटवर्क प्रालीले उत्कृष्ट डिष्ट्रिब्युटर्स अवार्डवाट व्यावसायी रानालाई पुरस्कृत तथा सम्मान गरेको छ ।

13147655_1081780615214384_3587482387884484029_o“संवृद्धिको लागि सहयात्रा” भन्ने नाराका साथ डिसहोमले काठमान्डौमा आयोजना गरेको भव्य सहयात्री सम्मेलनमा  व्यावसायी राणालाई मुलुककै उत्कृष्ट डिष्ट्रिब्युटर्सको  प्रमाणपत्र, ट्रफी र मेडलले पुरस्कृत गरेको हो ।

10387692_926479214082085_1187501168686019529_nसम्मान तथा पुरस्कार ग्रहण गरेपछि व्यवसायी राणाले संक्षिप्त प्रतिक्रिया दिदै भनेकाछन् – डिस मिडिया नेटवर्क प्रालीले गरेको भारि सम्मानले आफुमा जिम्मेवारी थपिनुका साथै अझै डटेर काम गर्ने  हौसला प्रदान भएको बताउदै  अवार्डका लागि छनौट गर्ने डिस मिडिया नेटवर्क प्राली परिवारलाई हार्दिक धन्यवाद प्रदान गरेका छन्