भारत, २७ भदौ । भारतको प्रशासित क्षेत्र जम्मु–काश्मिरमा सुरक्षाकर्मी र बिद्रोहीबिच भिडन्त भएको छ । भिडन्तमा सात जना बिद्रोहीको मृत्य भएको छ ।

jumbu-kasbirकाश्मिरको पुंछमा साढे पाँच घण्टासम्म चलेको भिडन्तको क्रममा चार जना बिद्रोही मारिएको भारतीय अधिकारीले बताएका छन् । सेनाको क्याम्प नजिक रहेको जिल्ला प्रशासन कार्यालयको एक भवनमा बिद्रोही घुसेका थिए । जहाँ त्यसअघि नै अर्धसैनिक बल र बिद्रोहीबिच गोली हानाहान भइरहेको थियो ।

भवनमा बिद्रोही घुसेपछि सेनाले कारबाही सुरु गरेको अधिकारीहरुले बताएका छन् । भिडन्तको क्रममा एक प्रहरी जवानको पनि ज्यान गएको छ भने अर्का एक प्रहरी घाइते भएका छन् । यस्तै काश्मिरको कुपवाडा जिल्लामा भएको घटनामा तीन जना बिद्रोहीको ज्यान गएको पनि भारतीय अधिकारीहरुले दावी गरेका छन् ।