asthai teacherकाठमाडौं २७ भदौ ।  गएको तीन महिनामा सेवा निवृत्त भएका देशभरका शिक्षकलाई सञ्चित विरामी विदा र औषधोपचार खर्च वापतको रकम निकासा भएको छ ।

शिक्षक किताबखानाले ७५ वटै जिल्ला शिक्षा कार्यालयलाई उक्त रकमको अख्तियारी दिएसंगै जेठ २५ गते देखि भदौ २५ गते सम्म निवृत्त भएका ६ सय ८० शिक्षकहरुले रकम पाउने भएका हन् ।

उनीहरुका लागि ३७ करोड ११ लाख ९० हजार ६ सय २१ रुपैंया निकासाको अख्तियारी दिएको किताबखानाका महानिर्देशक शेरबहादुर ढुङ्गानाले जानकारी दिनुभयो ।