समाज कल्याण केन्द्र नेपाल घोराही संस्थाको आज उदघाटन गरिएको छ। समाजीक सेवा तथा समाजमा भएका विकृती विसंगती विरुद्ध चेतना अभिवृद्धि गर्दे वातावरण, लागु औषध र्दुव्यसनका विरुद्ध चेतना फैलाउने उदेश्यले स्थापना गरिएको संस्थाको आज दागका स्थानीय विकास अधिकारी रमेश गौतमले उदघाटन गर्नुभएको छ।
feature
समाज कल्याण केन्द्र नेपालकी अध्यक्ष निर्मला गौतमको अध्यक्षता एवं स्थानीय विकास अधिकारी रमेश गौतमको प्रमुख आतीथ्य तथा घोराही नगरपालीकाका  वतावरण शाखा प्रमुख  सुवोध रेग्मीको विशीष्ट आतीथ्यमा सम्पन्न कार्यक्रममा वोल्ने वक्ताहरुले संस्था जन्माउनु भन्दा त्यसलाइ वचाइ राख्न चुनौती रहेको भन्दै संस्थाको समाजमा अस्तीत्व संगै पहीचान कायम राख्न वार्षीक कार्ययोजना वनाएर काम गर्न संस्थालाइ सुझाव दिएका थिए ।

कार्यक्रममा नेपाली काग्रेसका निवत्र्रमान  जिल्ला अध्यक्ष विरकेशरी गौतम, नेपाल ट्रेड युनीयनका केन्द्रीय उपाध्यक्ष वम वहादुर डी सी, नेपाल शिक्षकसंघका जिल्ला अध्यक्ष अर्जुन योगी,   नेपाली काग्रेसका क्षेत्र  ३का सचीव बद्री खडका, क्षेत्र न ३ का निर्वमान सचीव रण वहादुर भण्डारी , नेपाल नर्सिङ संघका केन्द्रीय उपाध्यक्ष ललीता के सी, दाङ महीला जेशीजका निर्वमान अध्यक्ष विमला शमा लाएन्स क्लव घोराही सि टीका  संस्थापक अध्यक्ष तुलसी राना, नेपाली काग्रेसका क्षेत्रीय कोषाध्यक्ष आर के सीतल,  नेपाल महीलासंघका निवर्तमान अध्यक्ष गीता शाहा, घोराही खानेपानी तथा सरसफाइ उपभोक्ता  समीतीका अधयक्ष देवि वहादुर डी सी,  समाुदायीक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष शोभाकर सापकोटा , स्वास्थ्यकर्मीसंघका सल्लाहकार कीशोर आचार्य, मनकामना टेन्टलका डा श्रीकान्त अधिकारी,  नेपाल प्रेस युनीयनका उपाध्यक्ष वसुन्धरा गौतम ,दाङ उद्योग वाणीज्यसंघका सदस्य माया पोख्रेल लगाएतले शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष निरजा पोख्रेलले संस्थाका वारेमा प्रकाश पार्नुभएको थियो भने सहजीकरण  सचीव  जानका के सीले गर्नुभएको थियो ।नवगठीत संस्थाका कोषाध्यक्षमा सुमीत्रा गौतम, सहसचीवमा अन्जना मल्ल, र सदस्यहरुमा शारदा ज्ञवाली, शारदा घर्ती पुजा योगी र भगवती पोख्रेल रहनु भएको छ।