दाङबाट संचालित लोकप्रिय डिजिटल मिडिया इन्द्रेणी अनलाइनको कार्यकारी सम्पादकमा पत्रकार उदय बीसी नियुक्त भएका छन् ।

udayabc

बिगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार बीसी राष्ट्रिय मुलधारको छापा मिडिया आर्थिक अभियानमा पनि कार्यरत छन् । दाङबाट प्रकाशित गाउँ घर साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका बीसीले दाङका स्थापित मिडिया नयाँ युगबोध राष्ट्रिय दैनिक तथा गणतन्त्र राष्ट्रिय दैनिकमा समेत लामो समय काम गरिसकेकाछन ।

छापा मिडियामा लामो अनुभव संगालेका बीसी नेपाल पर्यटन पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष समेत हुन् । अत्यन्तै सरल, मृदुभाषी तथा विनोदप्रिय स्वभावका बीसीआर्थिक तथा पर्यटन विधाका निकै कुशल रिर्पाेटर मानिन्छन ।

त्रिभुवन  विश्व विद्यालयबाट स्नातक तह उत्तिर्ण गरेका बीसी विभिन्न राष्ट्रिय तथा स्थानिय  पुरस्कारबाट पुरस्कृत भैसकेका छन् । मोफसलको लोकप्रिय डिजिटल मिडिया इन्द्रेणी अनलाइनको  कार्यकारी सम्पादक जस्तो गरिमामय पदमा नियुक्त  भएकोमा कुसल पत्रकार बीसीलाई हाम्रो पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।