पर्वत २६ भदौ । पर्वत जिल्लाको देउराली गाविस– ६ घुरुङगामा रहेको एक मेघावाट क्षमताको पातीखोला जलविद्युत आयोजना बन्द भएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढी विद्युत् उत्पादन गृहमा पसेपछि आयोजना बन्द भएको हो । वाढीले विद्युत उत्पादन गृहमा ठूलो क्षति पु¥याएका कारण मर्मत गर्न छ महिना लाग्ने भएको छ ।

14302375_10206970008840543_1782835673_nपातीखोला जलविद्युत् आयोजना बाढीका कारण गत बिहीबारदेखि बन्द भएको हो । गत बुधबार राति खोलामा आएको बाढी विद्युत् गृहमा पसेपछि उत्पादन गृहमाजडित टर्वाइन तथा इन्टेक, पेनस्टक पाइप र उत्पादन गृहमा लगाइएको तारजालीमा समेत क्षति पु¥याएको  बताइएको छ ।

वर्षायामको समयमा पूर्ण क्षमतामा उत्पादन भएको आयोजनाको मुहानबाट बाढीले क्षति पु¥याउँदा दुई करोड भन्दा बढीको क्षति पुगेको आयोजना प्रमुख शिव श्रेष्ठले जानकारी दिनुभयो ।

पावरहाउसभित्र हिलो पसेर सबै मेसिन काम नलाग्ने अवस्थामा पुगेको स्टेसन प्रमुख श्रेष्ठले बताए । पातीखोला किनार हुँदै पावर हाउससम्मको झण्डै ५ सय मिटर सडक समेत खोलाले बगाएका कारण नयाँ सडक निर्माण गरिसकेपछि मात्र उपकरण ल्याएर मर्मतको काम शुरु हुने र ठूलो क्षति पुगेकाले योजना सञ्चालनका लागि झण्डै ६ महीनाभन्दा बढी समय लाग्ने स्टेशन प्रमुख श्रेष्ठको बताउनुभयो ।