काठमाण्डौ, २६ भदौ ।बाल यौन दुराचारको आरोपमा प्रहरीले अमेरिकी नागरिक सहित एक नेपालीलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले ४८ वर्षीय अमेरिकी नागरिक कोनिक जोसेफ कन्मससँगै बुद्ध पुतवारलाई पक्राउ गरेको हो ।
गत अगस्टमा नेपाल आएका कन्मसलाई ठमेलको यम्बु होटलबाट पक्राउ गरिएको हो । बाल यौन दुराचार ’व्यवसाय’ मा सक्रिय समूहले उक्त होटलमा आउने विदेशी नागरिकलाई बालबालिका उपलब्ध गराउँदै आएको छ भन्ने सूचनाको आधारमा प्रहरीले केही समययता होटलमाथि नगरानी बढाएको थियो ।
निगरानीपछि गत शुक्रबार प्रहरीले होटलमा छापा मारेको थियो । छापा मार्दा प्रहरीले करिव १२ देखि १६ वर्षका बालबालिक सहित कन्मस र पुतवारलाई पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी दिवस लोहनीले बताए ।।
