काठमाण्डौ, २६ भदौ । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्दै आएको संस्था केआई नेपालले गएको आर्थिक बर्षमा सात सय १५ जना महिला तथा बालिकालाई उद्धार गरेको वताएको छ । जसमध्ये ६ सय ५९ जनालाई परिवारसँग पुनर्मिलन गरिएको र ३९ जनालाई पुनस्र्थापना गरिएको छ ।child-and-women-765x510के आइ नेपालका कार्यक्रम निर्देशक ईन्द्रराज भट्टराईका अनुसार उद्दार गरिएकामा १६ देखि ३० वर्ष सम्मका धेरै छन् । त्यस्तै, गएको आर्थिक बर्षमा केआइ नेपालको प्रयासमा मानव बेचविखन तथा ओसारपसारसँग सम्बन्धित १७ वटा मुद्दा दर्ता भएको भटराइले वताउनुभयो ।

यो अवधिमा ५३ जना नयाँ चेलीहरुले पुनस्थापना गृहमा प्रबेश गरेका छन् । ७२ जना चेलीलाई पुनस्थापना गृहमा राखी सम्पूर्ण सेवा सुविधा उपलब्ध गराई परिवारमा पुर्न्मिलन गराएको संस्थाले जनाएको छ । ४८ जनालाई सिलाई कटाई तालिम दिइएको छ । पुनस्थापना केन्द्रमा रहेका २८ जना किशोरीमध्ये आठ जना औपचारिक शिक्षा आर्जन गरिरहेका छन् ।।