रोल्पा, २६ भदौ ।  जिल्लाका अगुवाहरुले रोल्पाको विकासलाई प्राथमिकता दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेका छन् । नेकपा माओवादी केन्द्रका नेता दीपेन्द्र पुन (सिजल) लगायतको टोलीले आइतबार सिंहदरवारमा प्रधानमन्त्री प्रचण्डलाई भेटेर सडक बिस्तार र स्तरोन्नति, खानेपानी, कृषि, शिक्षा र पूर्वाधार निर्माणमा पर्याप्त बजेटको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए ।rolpali-leaders-and-prachandजवाफमा प्रधानमन्त्री प्रचण्डले रोल्पाको विकास सरकारको प्राथमिकतामा रहेको बताएका थिए । प्रधानमन्त्रीले भने, ‘परिवर्तनका लागि रोल्पाले खेलेको भूमिका अतुलनीय छ । अहिले रोल्पाका दुबैजना जनप्रतिनिधि राज्यको महत्वपूर्ण भूमिकामा हुनुहुन्छ । मेरो र सरकारको प्राथमिकतामा पनि रोल्पा छ । रोल्पाको विकासका लागि सरकारले पहल गर्छ, तपाईंहरुले राखेका माग र चाहनालाई सरकारले सम्बोधन गर्छ ।’।