दाङ, २६ भदौ । नेकपा माओवादी केन्द्र सैघा गाउँ समितिको संगठन विस्तार कार्यक्रमअन्तर्गत वडा नम्बर ५ को मलवारमा भेला गरिएको छ । भेलाले मोहनसिंह थापाको अध्यक्षता १३ सदस्यीय टोल इकाइ गठन गरेको छ । Maoist-flagMaoist-flag
उपाध्यक्षमा रामबहादुर थापा, सचिव कुन्तीकुमारी घर्ती, सदस्यहरु निमबहादुर थापा, कालीबहादुर घर्तीलगायत रहनुभएको छ । गाउँ पार्टी सदस्य खड्क घर्तीको प्रमुख आतिथ्य भएको कार्यक्रममा प्रेमबहादुर थापाले स्वागत गर्नुभएको थियो भने सञ्चालन हरि थापाले गर्नुभएको थियो ।।