14256341_1423598611003457_678248661_n

तुलसीपुर २६ भदौ ।  प्रकाश बिसीको बिशिष्ट झ्याउरे दोहोरी एलबम ‘पिरती लाईहालम ’ बजारमा आउदै छ । सुवास घर्तीको शब्द तथा दङगाली गायक एबं सञ्चारकर्मी प्रेम बिवश घर्तीले लय गरेको यस एल्बमलाई प्रकास बिसीले बजारमा ल्याउन लागेका हुन् । यो उनको पहिलो यल्बम हो ।

यस एल्बममा प्रकाश बिसी र टीका पुनको श्वर रहेको छ भने अलोक आचार्यको थेगो रहेको छ । यो यो एल्बम दशै अगाडि नै बजारमा आउने गायक बिसीले जानकारी दिए । पछिल्लो समयमा नेपाली लोकसंस्कृतिमा बिकृति भित्रिरहेको अबस्थामा नेपाली संस्कृतिलाई जोगउन यो गीत बजारमा ल्याएको गायक बिसीको दावी छ । यो एल्बम नेपाली संस्कृतिलाई चिनाउने एक बिधा झ्याउरे भएको उनले बताए ।

यस गितको भिडियो निर्माणको तयारी पनि भइरहेको गायक प्रेम विवस घर्तीले बताए । उनका अनुसार यस गितमा संकर बिसीले निर्देशन गर्ने छन् ।