काठमाडौ, २६ भदौ । नेकपा एमाले अध्यक्ष केपी ओलीले भारत भ्रमणका क्रममा नेपालको हितलाई प्राथमिकतामा राखि सन्धी सम्झौता गर्न प्रधानमन्त्री पुष्पकमल दाहालको ध्याकर्षण गराउनुभएको छ ।KP-Oli-and-Puspakamal-Dahal-Prachand-1सिंहदरवारमा आज ज्ञापनपत्र बुझाउदै पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले भारत भ्रमणमा नेपालको हितलाई प्राथमिकता दिने गरि भारतीय पक्षसंग कुरा राख्न दाहाललाई सुझाव दिनुभयो ।

भेटमा दाहालले मुलुकको हित प्रतिकुल हुने गरि कुनै सम्झौता नगर्ने भन्दै शंका नगर्न आग्रह गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले मधेसको समस्या सम्बोधनका लागी संविधान संशोधन गर्ने बिषयमा समेत एमाले अध्यक्ष ओलीसंग कुराकानी गर्नुभएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।।