14341498_601052346749363_1972382589_nतुलसीपुर २६ भदौ ।  नयाँ शक्ति नेपाल विद्यार्थी युनियनले पब्लीक ज्ञानज्योति उच्च मावि तुलसीपुरमा ईकाई समिति गठन गरेको छ । विद्यार्थी युनियन क्षेत्र नम्बर ५ का संयोजक प्रकाश विक को सभापतित्व एवं जिल्ला संयोजक कृष्ण न्यौपानेको प्रमुख आतिथ्यतामा भएको विद्यार्थी भेलाले रमेश पोख्रेलको संयोजकत्वमा ४७ सदस्यीय विद्यार्थी युनियनको इकाई गठन गरीएको हो ।

जसको सह–संयोजकमा अर्पणा वस्नेत र सदस्यहरुमा सूरक्षा भण्डारी, सुस्मीता वली, सौगात खनाल, जिवन केसी, किसोर डिसि, अर्जुन थापा, ज्ञानु सुनार, अर्जुन परियार, नारायण वली, रोशन पुन मगर, मोहन वली, गगन पुन, नारायण वावु खडका, विनोद वुढाथोकी, जिवन डिसी, प्रशान्त भण्डारी, ओमप्रकाश साहि, लगाएत रहेका छन् ।

कार्यक्रममा बोल्दै विद्यार्थी युनियनका जिल्ला संयोजक कृष्ण न्यौपानेले कुनैपनि राजनीतिक एजेण्डामा गरिने वन्दहड्ताल अव स्वीकार्य नहुने भन्दै नयाँशक्ति नेपाल विद्यार्थी युनियन राजनैतिक एजेण्डाको वन्दहडताल रोक्न शसक्त वन्ने वताए । राजनैतिक मागमा हुने वन्दहडतालले मुलुक वर्वाद वन्दै गएको भन्दै अव शैक्षिक हड्तालमा हुने वन्दहड्ताल रोक्न सवै विद्यार्थीहरु एक हुनुपर्ने उनको भनाई थियो ।

अवको शिक्षा जिवन उपयोगी र नेपाल सुहाउँदो हुनुपर्ने न्यौपानेले वताए । नेपालमा आर्थिक विकास र बेरोजगारीको अन्त्य गर्न शिक्षाले प्रमुख भुमिका खेल्ने भएकाले पाठ्यक्रममा नयाँ परिवर्तन ल्याउनुपर्नेमा उनको जोड थियो ।