nabindra-raj-josiपाल्पा , २६ भदौ ।  उद्योेगमन्त्री नविन्द्रराज जोशीले देशका ७५ जिल्लामा उद्योग परामर्श केन्द्र स्थापना गरिने बताउनुभएको छ ।

पालपा उद्योग बाणिज्य सङ्घको ६० औँ साधारणसभा तथा १४ औँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उहाँले ठूला उद्योगलाई लगानीमैत्री बनाउन र मझौला तथा साना उद्योगलाई संरक्षण गर्न सरकार लागिपरेको बताउनुभयो ।

उद्योग व्यवसाय गर्न चाहने युवालाई उचित परामर्श दिई ऋणको लागि सिफारिसको व्यवस्था मिलाएको मन्त्री जोशीले बताउनुभयो । देशका कुना कुनामा उद्योग स्थापना भए मात्र देशले आर्थिक क्रान्ति गर्न सक्ने उहाँको भनाई थियो । आगामी मङ्सिरदेखि परामर्श केन्द्र सञ्चालनमा आउने उहाँले बताउनुभयो ।

सकारले जलविद्युत, कृषिजन्य उद्योग स्थापनालाई प्राथमिकतामा राखेको मन्त्री जोशीले बताउनुभयो ।