काठमाडौं २६ भदौ । गणित शिक्षामा ५० वर्ष अनवरत सेवा गरेका र ७५ वर्ष उमेर पार गरेका गणित शिक्षक र अन्वेषकहरुलाई सम्मान गरिने भएको छ ।
नेपाल गणित केन्द्र, नेपाल गणित समाज, गणित शिक्षा परिषद् र गणित शिक्षा महिला समाजले असोज १३ गते एक कार्यक्रममा उनीहरुलाई सम्मान गर्ने भएको हो ।











