दाङको चरिंगे ताल र राप्ती नदी क्षेत्रलाई महत्वपूर्ण चरा पाइने क्षेत्र (आइबीए) सूचीमा राख्न प्रस्ताव गरिएको छ । पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र दाङको अगुवाइमा विज्ञहरुले यी दुई स्थानमा महत्वपूर्ण चरा रहेको तथ्य फेला पारेपछि पंक्षी संरक्षण संघले यी दुई स्थानलाई आईबीएमा थप्न सरकारसमक्ष सिफारिस गरेको हो ।
यसअघि देशका २७ वटा क्षेत्रलाई महत्वपूर्ण चरा पाइने क्षेत्र (आइबीए) घोषणा गरेर संरक्षणको काम थालिएकोमा यो बर्ष थप दश वटा क्षेत्रलाई यो सूचीमा राखिदैछ । ‘त्यसमध्ये दाङको चरिंगे ताल र राप्ती नदी क्षेत्रलाई पनि आईबीए सूचीमा राख्न सिफारिस भएको छ । सरकार सकारात्मक देखिएकोले चाँडै यी क्षेत्रलाई सूचीकृत गर्ने नेपाल पंक्षी संरक्षण संघका फिल्ड अधिकृत भूपाल नेपालीले विश्वास ब्यक्त गर्नुभयो ।।
चरिंगे ताल र राप्ती नदीलाई ‘आइबीए’मा प्रस्ताव
Sign in
Welcome! Log into your account
Forgot your password? Get help
Password recovery
Recover your password
A password will be e-mailed to you.