काठमाण्डौ, १८ बैशाख
पर्सीदेखि सञ्चालन हुन लागेको कक्षा १२ को र जेठ २ गतेदेखि सुरु हुने कक्षा ११ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको छ ।उच्च माध्यमिक शिक्षा परिषद् सानोठिमीलेकक्षा १२ को परीक्षामा तीन लाख ४६ हजार ४२७ र कक्षा ११ को परीक्षामा तीन लाख ६९ हजार ४२६ जना गरी कुल सात लाख १५ हजार ८५३ जनाले परीक्षा दिने जनाएको छ ।images

जसमध्ये सबैभन्दा कम मनाङ जिल्लामा २ सय र सबैभन्दा बढी काठमाडौँ जिल्लाबाट एक लाख १४ हजार ३ सय २२ जना परीक्षार्थीले परीक्षा दिने परिषद्का परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो । परीक्षाका लागि देशभर कुल ९२१ परीक्षा केन्द्र निर्धारण गरेको जानकारी दिँदै अर्यालले ९२१ केन्द्राध्यक्ष परिचालन हुने वताउनुभयो ।

यसैगरी, दुई हजार ५ सय १२ सहायक केन्द्राध्यक्ष, एक हजार ९२१ पर्यवेक्षक, १३ हजार ४३० जना निरीक्षक, एक हजार ६४१ जना कर्मचारी, दुई हजार ४७६ जना कार्यालय सहयोगी, ११ हजार ५२ जना सुरक्षाकर्मी गरी ३३ हजार ९५३ जना परिचालित हुनेछन ।।