सल्यान, १८ बैशाख
सल्यानको उच्च ठाउ भनेर चिनिने कोर्बाङ झिम्पेको खर्सुबास लेक मुनिका केही वडाका बासिन्दा सञ्चार सुविधाबाट वञ्चित छन् ।जिल्लाका अधिकांश गाउँमा सञ्चार सुविधा पुगे पनि कोर्बाङ झिम्पेको ५, ६, ७ र ८ नं वडाका बासिन्दा सञ्चारविहीन छन ।download

अरुतिर सामान्य भइसकेको मोबाइल सेवा विस्तार हुन नसक्दा चार वडा सञ्चारको पहुँच बाहिर रहेको स्थानीय रमेश के।सीले जानकारी दिनुभयो । बिगतमा हेलो नेपालले काम गरिरहेका भएपनि हाल आएर हेलो नेपाल पनि बन्द भएपछि त्यस क्षेत्रका बासिन्दाले झनै सास्ति भोग्दै आएका छन ।

सिमा क्षेत्र दमाचौर र रोल्पाको जुगारमा ऐनसेल र नमस्तेका टावर भएपनि त्यसक्षेत्रको टावरले काम नगर्दा समस्या भएको हो । भिम्पे गाविस पहाडी क्षेत्र, भौगोलिक रुपमा बिकट भएका कारण नेटवर्क समेत प्रभावकारी नभएको केसीको भनाइ छ । चारसय ५० भन्दा बढी घरपरिवार रहेको ५ वडाका बासिन्दाले वर्षांैदेखि मोबाइल सेवा नपाएपछि फोन गर्न अग्लो डाँडाकाँडा धाउने गरेका छन ।।