दाङ २५ भदौ । एकिकृत अखिल नेपाल शिक्षक संगठनको एकता भेला आज घोराहीमा सम्पन्न भएको छ । भेलाले मोहन वलीको अध्यक्षतामा ८५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
14302366_1185621288167875_1169420582_n
समितिको वरिष्ठ उपाध्यक्षमा गोकर्ण बहादुर पुन, उपाध्यक्षमा ऋषीराज अधिकारी, माधव महरा, डोमाकान्त अधिकारी, मेघराज सुवेदी, मोहन थापा, मोहन अधिकारी, सचिवमा हुकम वुढाथोकी चयन हुनभएको छ ।
14281393_1185621428167861_462905631_n
यसैगरी सह—सचिवमा ससीकपुर कार्की, शान्ता विक गरी ५ जना, र कोषाध्यक्षमा विष्णु भण्डारी चयन हुनुभएको छ । भेलाले ३१ सदस्यीय सचिवालय समेत गठन गरेको छ । मोहन वलीको अध्यक्षता तथा नेपाल शिक्षक महासंघका केन्द्रिय उपाध्यक्ष रत्न बहादुर वलीको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएको थियो ।।