दाङ, २५ भदौ। त्रिपुर नगरपालिका स्थित नारायणपुर उद्योग वाणिज्य संघको १३ औ साधारण सभा आज त्यहा सम्पन्न भएको छ । वाणिज्य संघका अध्यक्ष गोपाल लम्सालको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बञ्जाडेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
वाणिज्य संघका उद्योग उपाध्यक्ष दोर्ण बहादुर केसीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा महासचिब धनेश्वर आचार्यले सांगठनिक र कोषाअध्यक्ष तिलक महराले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको सचिब सागर खनालले जानकारी दिनुभएको छ ।
यसैबिच त्रिपुरबाट एसएलसि परिक्षामा उत्कृट अंक ल्याउने ५ जना छात्र र छात्रालाई नगद सहित प्रमाण पत्रले सम्मान गरिएको छ । यस्तै सामाजिक कार्यमा अतुलनिय योगदान पु¥याएको भन्दै त्रिपुर स्थित रेवतिरमन शर्मालाई दोसल्ला ओढाएर सम्मान गरिएको छ ।।
