दाङ, २५ भदौ । दाङको घोराही नगरपालिका १० र ११ अन्तर्गतका ३ वटा टोललाइ आज पुर्ण सरसफाइयुक्त टोल घोषणा गरिएको छ । घोराहीको पिललवोट टोल, हस्पिटल रोड र गौतमनगर टोललाइ आज एक औपचारीक कार्यक्रमको आयोजना गरी पुर्ण सरसफाइयुक्त टोल घोषणा गरिएको हो । ति टोलहहरुमा सरसफाइका सुचक पुरा भएपछि ३ वटै टोल विकास संस्थाहरुको आयोजनामा आज पुर्णसरसफाइयुक्त टोल घोषणा गरिएको फे्रन्स वालक्लवका सल्लाहकार नजिन श्रेष्ठले जानकारी दिनुभयो । हस्पिटल टोल विकास संस्थाका अध्यक्ष चित्रकान्त आचार्यको अध्यक्षता तथा दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज वन्जाडेको प्रमुख आतिथ्यता र घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममका सहभागीहलाइ घोराही नगरपालिकाका शाखा अधिकृत सुवोध रेग्मीले सावुन पानीले हात धुने तरिका, व्यक्तिगत सरसफाइ, टोल सरसफाइका वारेमा जानकारी गराउनुभएको थियो ।
जिल्ला उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नारायण भुषालको स्वागतवाट सुरु भएको कार्यक्रममा घोराही १० का वडा नागरीक मन्चका संयोजक शक्तिराम डाँगी, समाजसेवी शम्भु गौतम, पत्रकार गोविन्द खड्का लगाएतले टोललाइ सरसफाइयुक्त घोषणा गरेर मात्र नहुने भन्दै सरसफाइलाइ जारी राख्न आग्रह गर्नुभयो ।
उक्त टोलमा सरसफाइको अवस्थावारे जानकारी राख्न एक जना कर्मचारी पनि नियुक्त गरिएको छ । सो अवसरमा फे्रन्स वालक्लवका सदिक्षा आचार्य र दिया पोख्रेलले सरसफाइ सम्वन्धि कविता प्रस्तुत गर्नुभएको थियो । सहभागीहरुलाइ भुमी अधिकार मन्च दाङका संयोजक निर्मला विकले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।।