चितवन, २५ भदौ । चितवनमा आज बस र ट्रक एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन । पूर्वपश्चिम राजमार्गअन्तर्गत् राप्ती नगरपालिका–३ पिप्लेमा काठमाडौंबाट वीरगन्ज जाँदै गरेको ना ५ ख ३७४३ नं बस र नारायणगढतर्फ आउँदै गरेको ना ६ ख ६७९३ नम्बरको ट्रक ठोकिँदा सो दुर्घटना भएको हो ।truck-1-1441891739

दुर्घटनामा ट्रकका चालक बारा, गन्डकका ३० वर्षीय हेमन्त खड्काको मृत्यु भएको हो । खड्काको ट्रकमा च्यापिएको अवस्थामा उद्धार गरेर अस्पताल पु¥याइएपनि उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो । घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर रहेकोचितवन प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुबै ट्रक र बसमा सवार चालक, सहचालक र यात्रु घाइते भएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो । घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।।