kuposan
फाइल तस्वीर

काठमाडौँ २५ भदौ ।  नेपालका बालबालिकामा कुपोषणका कारण हुुने पुड्कोपन आउँदो ९६ बर्ष सम्म पनि निवारण नहुने एक अध्ययनले देखाएको छ । सेभ द चिल्ड्रेनले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा सन २११२ सम्म पनि नेपालका बालबालिकामा कुपोषणका कारण हुने पुड्कोपन निवारण गर्न नसकिने उल्लेख छ ।
दिगो विकास लक्ष्यले सन २०३० सम्ममा सबै किसिमका कुपोषण निवारण गर्ने प्रतिबद्धता जनाएको छ । यो प्रतिवद्धतामा नेपालले पनि हस्ताक्षर गरेको छ । नेपालले राष्ट्रिय कुपोषणको दर ५७.१ प्रतिशतबाट ३७.४ प्रतिशतमा घटाएको उल्लेख छ ।

असमान भागहरु शीर्षक गरेको उक्त प्रतिवेदनले नेपालका बालबालिकामा व्याप्त कुपोषणका कारणहरु गरिबी र जातजाति र धार्मिक समुदायहरुको सामाजिक बहिष्करण समेत रहेको उल्लखे छ ।  सबैभन्दा आवश्यकतामा रहेका समुदायका सदस्यलाई उचित सहयोग पु¥याउन सके मात्र परिवर्तन ल्याउन सकिने सेभ द चिल्ड्रेनकी राष्ट्रिय निर्देशक डेलाइला बोर्जाले बताउनुभयो ।