तुलसीपुर, २४ भदौ । तुलसीपुर नगरपालीकाले एक बर्षमा गरेका गतिवधिको समिक्षा गरेको छ । आर्थिक बर्ष २०७२÷०७३ को साउन महिना देखि गएको असाढ मसान्त सम्म भए गरेका कार्य सम्पदनको समिक्षा गरेको हो । सो अबसरमा नगरपालीकाका इन्जिनियर पवन योगीले विभिन्न शिर्षकमा ५ करोड ४१ लाख चार हजार रुपेयाँ खर्च भएको बताउनु भयो ।
उहाँका अनुसार एक लाख रुपैयाँ सम्मका ४४ वटा, पाँच लाख सम्मका एक सय १३ वटा, पाँचलाख देखि १० लाख सम्मका ४ वटा र १० माथिका ९ वटा योजना सम्पन्न भएका छन् । सो अबसरमा सहभागी नगरबासीले तुलसीपुर नगरपालीकाले गरेका विभिन्न निती तथा कार्यक्रम माथि टिप्पणी गरेका थिए ।
कार्यक्रममा नेकपा एमालेका तुलसीपुर इन्चार्ज कृष्ण भुसाल, नेपालीकांग्रेसका भिमप्रकाश भण्डारी, थरुहटका शरण थारु, नयाँशक्ति अभियानका बामदेव भुसाल, माओवादी क्रान्तिकारीका इश्वरी गैरे, यज्ञबहादुर बुढा, पत्रकार नारायण भण्डारी, अरुण लहरे, खगेन्द्र अधिकारी, तेजप्रसाद खनाल लगाएतले बोल्नु भएको थियो ।
नगरपालीका कार्यकारी अधिकृत टोपेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सुचना अधिकारी झरेन्द्र खरेलले गर्नुभएको थियो ।।