दाङ, २४ भदौ । बसन्त हरियाली सामुदायीक वन समूह घोराही ६ अखवारेको २१ औ साधारण सभा आज सम्पन्न भएको छ ।
समूहका अध्यक्ष रामबहादुर घर्तिको अध्यक्षता, सामुदायीह वन महासंघका सदस्य भुपेन्द्र सुवेदीको प्रमुख आतिथ्य र अम्वीकेश्वरी रेञ्जपोष्टका संयोजक भक्तबहादुर चौधरीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा कार्यालय सचिव राममाया घर्तिले प्रशासनिक प्रतिवेदन र समूहका कोषाध्यक्ष पूर्णसिंह बुढाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण कार्यालय सचिव राममाया घर्तिले गर्नुभएको थियो ।।
