दाङ, २४ भदौ । दाङबाट सफल रुपमा सञ्चालन भईरहेको ए ओज टेलिभिजन घोराहीले टेलि सिरियल निर्माण गर्ने भएको छ । ‘मेरी आमा’ सिरियलको आज सुभमुर्हुत गरिएको छ । जसको भालुवाङमा एक कार्यक्रम गरेर राप्ती उद्योग वाणीज्य संघ भालुवाङका उपाध्यक्ष ऋषीराम आचार्यले शुभमुर्हुत गर्नुभएको थियो । meri-aamaआमाको मायालाई यस सिरियलमा देखाईने सिरियलका निर्देनश अमृतमान वलीले जानकारी दिनुभयो । धारावाहिन सिरियल मेरी आमामा थारु, दलित तथा पछाडी पारिएका समुदायको कथालाई सोही समुदायमा छायांकन गरिने उहाँले बताउनुभयो । अमृतमान वलीको लेखन तथा निर्देशन रहेको यस सिरियलको कथा कृष्ण्प्रसाद भण्डारीको रहेको छ भने छायांकन क्षितिज भारतिले गर्नुहुने छ ।

सिरियलको जिल्लाका विभिन्न स्थानमा छायांकन गरिने छ । सिरियलमा विरु चौधरी, कृष्णप्रसाद भण्डारी, कल्पना नेपाली, अनिता महतरा, अनन्तराज पौडेल, राजेश वली, शुसान्त मल्ल लगायतको अभिनय रहेको छ ।।