काठमाण्डौ, २४ भदौ । देशभर ६ हजार २ सय ८६ उपभोक्ताको लाइन काटिएको छ । नेपाल विद्युत प्राधिकरणको विराटनगर क्षेत्रीय कार्यालयले ६३, काठमाडौं क्षेत्रीय कार्यालयले ११ नेपालगञ्जले १२, पोखराले ३८, हेटौडाले ४६ र अत्तरिया क्षेत्रीय कार्यालयले ५८ उपभोक्ताको लाइन काटेको हो । यस्तै बुटवल क्षेत्रीय कार्यालयबाट ५९ र जनकपुर क्षेत्रीय कार्यालयबाट ६६ उपभोक्ताको लाइन काटिएका छन् । ती उपभोक्ताबाट २७ करोड ९६ लाख १२ हजार २ सय ९० रुपैयाँ महसुल उठाउन बाँकी रहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयले जनाएको छ ।
प्राधिकरणले लाइन काट्न थालेपछि ११ करोड १४ लाख ३९ हजार ८ सय १८ रुपैयाँ बक्यौता असुल गरेको छ । लाइन काटिएका ३ हजार २ सय ९८ जनाले भने महसुल तिरेर फेरि लाइन जोडेका छन् ।।
