त्रिपुर, २४ भदौ । दाङमा २५ बर्ष देखी माथी उमेर समुहको बिचमा दुई दिने फुटवल प्रतियोगिता हुने भएको छ । न्यु स्टार फुटबल क्लब त्रिपुर नगरपालिका ११ दुन्द्राको आयोजना तथा नारायणपुर उद्योग वाणिज्य संघको सहयोगमा भदौ ३१ र असोज १ गते २५ बर्ष माथि उमेर समुहको जिल्ला स्तरिय फुटबल प्रतियोगिताको हुने भएको हो ।
खेलको बिकास, संरक्षण र एक आपसमा आत्मीयता जोड्नका लागि प्रतियोगिताको आयोजना गरिएको कल्वका अध्यक्ष खुम बहादुर वलीले जानकारी दिनुभएको छ । प्रतियोगतामा प्रथम हुने समुहले खसि सहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ ।
यसैगरि द्धितिय हुनेलाई नगद, प्रमाण पत्र र मेडल तथा अन्य सम्पुर्ण सहभागि समुहलाई प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । नारायणपुरको बि.पी. खेल मैदानमा हुने प्रतियोगिताको संयोजनको जिम्मेवारी अनिल कुमार बस्नेतलाई दिईएको छ । साथै आयोजकले प्रतियोगितामा सहभागि हुनकोलागि यहि भदौ ३० गते बेलुका ५ बजेसम्म टिम दर्ता गरिसक्न पनि आग्रह गरेको छ ।।
