दाङ, २४ भदौ । लागु औषध विरुद्धको सचेतनामूलक कार्यक्रम अन्तर्गत अन्नपूर्ण आवासिय माद्यमिक बिद्यालय घोराहीमा पनि आज सम्पन्न भएको छ । कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।dsp-prakas

कक्षा ७, ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी रहेको कार्यक्रममा विद्यार्थीहरुले लागु औषध न्यूनिकरणकालागी आफूहरुले भूमीका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजीकरण शिक्षक रोमन अधिकारिले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन बिद्यालयका प्राचार्य दामोदर अधिकारिले गर्नु भएको थियो ।।