इन्द्रेणी संवाददाता
दाङ, २४ भदौ । ‘नेपाली विविधता शान्ति र एकता’ भन्ने मुल नाराका दाङका एक युवा पूर्व मेचीदेखि पश्चिम महालीसम्मको साइकल यात्रा गर्दैछन् । मानव स्वास्थय र वातावारणको सरक्षणका लागि सचेतना अभिवृद्धि गर्दै साईकल सस्कृतिको विकास गर्ने उद्देश्यले लायन्स क्लव अफ घोराही सिटीका उपाध्यक्ष रमेश केसीले यही भदौ २६ गतेदेखि मेची–महाकाली साइकल यात्रा गर्दैछन् ।
भदौ २६ गते मेची नदिको पुलबाट शुरु हुने साइकल यात्राका बारेमा लायन्स क्लव अफ घोराही सिटिले शुक्रवार घोराहीमा पत्रकार सम्मेलन गरी जाकारी दिएको छ । क्लवका अध्यक्ष लभ अधिकारीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सुदीप गौतमको प्रमुख आथित्यतामा भएको पत्रकार सम्मेलनमा मेची–महाकाली साइकल यात्राको उद्देश्यबारेमा लायन्स क्लव अफ घोराही सिटीका सस्थापक अध्यक्ष तुल्सीराम रानाले दिदै केसीको यात्रामा सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो ।
यात्रको क्रममा केसीले मेची पुल, इटहरी, लहान, वर्दिवास, विरगञ्ज, हेटौडा, नारायणगढ, वुटवल, लमही, कोहोलपुर, चिसापानी, धनगढी हुदै महाकाली पुल यात्रा गरेर यात्राको समापन गर्ने बताइएको छ ।
