भरत के.सी.
बैशाख १८, नुवागाउँ रोल्पा
रोल्पामा एक परिवारले आफ्ना स्वर्गीय सदस्यको नाममा पुस्तकालय भवनको निर्माण गरेर विद्यालयलाई हस्तान्तरण गरेको छ । नुवागाउँ स्थित अरनिको उच्च माध्यामिक विद्यालयका संस्थापक प्रधानाध्यापक स्वर्गीय हिरामणी बाँठाको सम्झनामा परिवारले विद्यालयको जग्गामा करिव सात लाखको लगानीमा हिरा स्मृति पुस्तकालय भवन निर्माण गरेको हो ।13087361_1024402507640711_4971629197394577192_n

भवनको औपचारिक कार्यक्रमका बीच जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेलले उद्घाटन गरि विद्यालयलाई हस्तान्तरण गर्नुभएको थियो ।सो अवसरमा स्वर्गीय हिरामणीको व्याक्तित्व माथि चर्चा गर्दैै बहुप्रतिभाका धनी एवम कुशल शिक्षकले समाजमा राम्रो पाठ सिकाएको हुदाँ उहाँको शिक्षाको अनुसरण गर्नुपर्ने बताईएको थियो ।

२०१० सालमा जन्मेर करिब साढे तिन दशक शिक्षण पेशामा आवद्ध हुनुभएका स्वर्गीय हिरामणीको २०६३ सालमा ५३ वर्षको उमेरमै शिक्षण पेशामै रहदाँ निधन भएको थियो ।अरनिको उमाविका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष लोक बहादुर बुढाको अध्यक्षता एवमं जिल्ला शिक्षा अधिकारी चिरञ्जिवी पौडेलको प्रमुख आथित्यतामा भएको कार्यक्रममा स्वर्गीय हिरामणीकी आमा गोकुली बाँठा, श्रीमती नौरती बाँठा लगाएत परिवारका सदस्यहरुलाई सम्मान गरिएको थियो ।

पुस्तकालय भवन निर्माण गरि विद्यालयलाई हस्तान्तरण गरेपछि ठुलो सहयोग उपलव्ध भएको भन्दै अब छिट्टै पुस्तकालयलाई व्यवस्थित बनाएर ई लाईब्रेरीको रुपमा विकास गरिने विद्यालयले जनाएको छ । विद्यालयका शिक्षक निम बहादुर के.सीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन शिक्षक कविराज बुढाले गर्नुभएको हो ।।