नेपालगन्ज, भदौ २३ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले स्थानीय निकायको निर्वाचन पुरानै संरचनामा गर्नु उपयुक्त हुने धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले संविधान संशोधन गरेर मधेसी मोर्चाले प्रस्तुत गरेका माग सम्बोधन गर्नुपर्ने बताउँदै दुई मधेस प्रदेश, सबै वर्गको आरक्षण र नागरिकताको विषय संविधानमा संशोधन गर्न आफ्नो दलको समर्थन भएको बताउनुभएको छ ।