देउखुरी २३ भदौ ।यातायात व्यवस्था सेवा कार्यालय भालुवाङले गएको आर्थिक बर्षमा करिब दुई करोड राजश्व संकलन गरेको छ । कार्यालयले एक बर्षको अबधिमा सवारी साधन कर, सवारी दस्तुत, सवारी नबिकरण, जाँचपास र रुट नबिकरणबाट मात्रै १ करोड ७५ लाख १५ हजार ४ सय ३१ रुपैयाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
कार्यालय भालुवाङ्गका प्रमुख सुखप्रसाद रजौरेका अनुसार सवारी साधन करबाट १ करोड ५५ लाख ६७ हजार २० रुपैयाँ, सवारी दस्तुत अर्थात सवारी नबिकरण जाँचपासबाट ७ लाख ५८ हजार ८ सय २१ रुपैयाँ र रुट नबिकरणबाट ११ लाख ८९ हजार ५ सय ९० रुपैयाँ संकलन भएको छ ।
त्यसैगरी एक बर्षकै अबधिमा सवारी साधन जाँजपास तथा रुट नबिकरण अन्र्तगत बस ३ सय ८९ जाँचपास तथा ५ सय ४५ रुट नबिकरण, मिनिबस १ सय ५ जाँचपास तथा १ सय ९ रुट नबिकरण, ट्रक २ सय ३० जाँचपास तथा ७६ रुट नबिकरण र जीपकार २ सय २४ जाँचपास २ सय ५५ रुट नविकरण गरिएको कार्यालयले जनाएको छ ।
त्यसैगरी टिप्पर ८६ जाँचपास तथा २५ रुट नबिकरण, ट्याङ्कर २ जाँचपास तथा रुट नविकरण १ र मिनिट्रक २३ जाँचपास तथा १० रुट नबिकरण, भ्यान १ जाँचपास तथा १ रुट नविकरण, पिक्प २ जाँचपास तथा १ रुट नविकरण र अटोरिक्सा २ जाँचपास तथा २ रुट नबिकरण गरिएको कार्यालयले जनाएको छ ।।
