india-nepalकाठमडौ २३ भदौ । नेपाल भारत गृहसचिव स्तरीय बैठक आजदेखि शुरु हुँदैछ । बैठकमा सहभागी हुन गृह सचिव लोकदर्शन नेतृत्वको टोली हिजो नै दिल्ली पुगिसकेको छ ।

बैठकमा खुला सिमाका कारण दुवै मुलुकमा हुने र भइरहेका अपराध नियन्त्रणका बारेमा विशेष छलफल हुने तयारी रहेको जनाइएको छ ।

त्यस्तै लागूऔषध ओसारपसार, भारतीय जाली नोटको कारोबारलगायतका विषयमा पनि छलफल हुने गृह मन्त्रालयले जनाएको छ ।